साजिर मन्सुर, कलैया । कलैया उपमहानगरपालिका भित्रका सामुदायिक तथा निजि बिधालयका प्रधानाध्यापकहरुको लापरवाहीका कारण बिद्यार्थीहरुलाई दिने भनिएको कोरोना विरुद्धको मोर्डेना खोप लगाउन बाट अबोध बिद्यार्थीहरु बन्चित हुने देखिएको छ।

कलैया उपमहानगरपालिका अन्तर्गतको शिक्षा युवा तथा खेलकुद महाशाखाले मङ्सिर २६ गते नै सुचना जारी गर्दै कलैयाका सबै संस्थागत तथा सामुदायिक बिधालयमा अध्ययनरत १२ देखि १८ बर्ष उमेर समुहका बिद्यार्थीको विवरण पुस ३ गते पठाउन भन्यो यद्यपि अधिकास बिधालय ले उपमहानगर को निर्देशन लत्याउदै विवरण पठाएन ।

उपमहानगर ले फेरि पुस ७ गते सूचना जारी गर्दै ९ गते भित्र विवरण पठाउन निर्देशन दियो तर हाल सम्म पनि सम्पुर्ण बिधालय को विवरण नपाएको कलैया उपमहानगर अनतर्गतको शिक्षा शाखाले जानकारी दिएको छ ।

उपमहानगरका शिक्षा शाखा प्रमुख प्रहलाद वर्णवालका अनुसार पुस १३ गते मध्यान्ह १२ बजे सम्म सकिने बताएका छन् । उनले विद्यार्थी को जन्मदर्ता नभए कुनै पनि सरकारी कागज मा उल्लेख भएको जन्म मिति वा हाल अध्यनरत बिधालय बाट जन्म र कक्षा उल्लेख भएको कागजात हुनु पर्ने छ ।

यता केही बिधालयका शिक्षकले पछिल्लो समयमा आधिकारिक पत्र बिधालयहरुमा न आउने र केवल समाजिक सन्जालमा राख्दिनाले यस्तो समस्या आउने गरेको गुनासो गरेका छन । उनिहरुले शिक्षा शाखाले फेसबुकमा हाल्नाले देख्नेले गर्ने नदेख्नेले नगर्दा यस्तो समस्या उत्पन्न भएकोले यसको समाधानका लागि आधिकारिक पत्र बिधालयमा पुर्याउन वा मोबाईलमा म्यासेज पठाउनु पर्ने बताएका छन ।

यता पचरौता नगरपालिकाका स्वास्थ शाखा प्रमुख नवल यादबले एउटा कलैयाका कारण बाराका अन्य सबै पालिकाका बिद्यार्थीहरु खोप लिनबाट बन्चित भैरहेको बताउदै दुख ब्यक्त गरेका छन । यादबले बिधालयले ती उमेर समुहका बिधार्थिहरुको विवरण बुझाउन सकिराखेको छैन भने कलैया उपमहानगरले आफ्नो IEMIS बाट आफ्नो पालिका भित्रका बिधालयहरुको १२-१७ बर्ष उमेर समुहको बालबालिकाहरुको नमावली समेत निकाल्न सक्ने गरि ब्यवस्था छ तर खोइ यति दिन हुदा पनि शिक्षा शाखाले के गर्दैछ भनेर कलैया शिक्षा शाखालाई प्रती प्रश्न गरेका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर