काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)को स्थगित परिक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएको छ ।
परिषद्का आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजीस्तरमा सञ्चालित शिक्षण संस्थाहरुका प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफीलगायत विभिन्न कार्यक्रमहरुको प्रथम वर्ष दोस्रो खण्डका र तेस्रो वर्षको नियमित तथा आंशिकको परीक्षा फागुन ६ गतेदेखि हुने समय तालिका सार्वजनिक गरेको छ । कोरोना संक्रमण को कारण परिक्षा स्थगित गरिएको थियो ।