कलैया । सरकारले आगामी फागुन २८ गतेदेखि बारा जिल्ला सहित १० जिल्लामा हात्तिपाइले विरुद्धको औषधि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरे संगै बारामा आज अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
मोरङ, कपिलबस्तु, दाङ, बाँके र कैलाली झापा, बारा, लमजुङ, पर्वत र बागलुङ मा हात्तिपाइले विरुद्धको औषधि खुआइने छ ।उक्त औषधि सेवन कार्यक्रम को लागि कलैया उप महानगरपालिका को बघवन स्वास्थ्य चौकी ले समुदाय र महिला स्वास्थ्य स्वयम सेविका स्तर को अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्यकर्मी बाट प्रत्येक घर घरमा गई हतिपाइले रोग बिरुद्ध को औषधि सेवन गराइने छ । उक्त अन्तरक्रिय कार्यक्रम को संचालक स्वास्थ्य चौकी इंचार्ज सज्जाद अंसारी र कलैया उपमहानगरपालिका हतिपाइले रोग निवारण MASS/RTI का कार्यक्रम अधिकृत असफाक मिकरानी ले गरेका थिए ।

नेपालमा विगतमा ६३ जिल्लामा हात्तिपाइले रोगको जोखिम थियो। सरकारले सन् २००३ देखि आम औषधि वितरण कार्यक्रम सुरु गरेसँगै जोखिम कम हुँदै गएको छ । अहिले ४८ वटा इन्डेमिक जिल्लामा औषधि सेवन अभियान कार्यक्रम बन्द भइसकेको छ।विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विश्वबाटै हात्तिपाइले रोग निवारण हुने लक्ष्य लिएको थियो। तर नेपालमा अझै पनि जोखिम रहेकाले औषधि वितरण कार्यक्रम हुँदै आएको छ।हात्तिपाइले रोग विरुद्धको औषधि दुई वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घकालीन रोगी, एक हप्ता नपुेका सुत्केरी र खाली पेटमा सेवन गर्न हुँदैन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासका अनुसार हात्तिपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउने कार्यक्रम तय भएको छ।

हात्तिपाइले रोग विरुद्ध यसअघि प्रयोग भइरहेका औषधिहरु डाइथाइलकार्बामाजिन १०० एमजी  र ४०० एमजीको अल्बेन्डाजोल हो। सरकारले ५ जिल्लामा भने यो औषधिसँगै आइभरमेक्टिन नामक औषधि पनि थप गरेको छ। 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर