कलैया । कलैया उपमहानगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।

नेकपा खेलकुद महासंघ बारा का अध्यक्ष मोहन लामिछानेको अध्यक्षतामा भएको अधिवेशनले रामलाल बोम्जन अध्यक्षतामा ४५ सदस्यीय नयाँ वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा सेरेश शर्मा सुवेदी, सचिवमा अमोद साह, सह-सचिवमा इस्माइल मिँया र मंजु देवि मण्डल सर्वसहमतिद्वारा चयन भएका छन् ।

नवनिर्वाचित कमिटी लाई कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेकपा एमाले बाराका अध्यक्ष बिनोद साहले जिल्ला कमिटी अध्यक्ष लगायत का सम्पुर्ण पदाधिकारी र सदस्यलाई बधाई दिदै स्थानीय निर्वाचनमा होमिन अपिल गरेका छन् ।
उनले आफुहरु सबै लागेर बिकासको लागि वडा र उपमहानगर मा एमालेको सरकार ल्याउनु पर्ने जोड दिए । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदै छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर