कलैया । निर्वाचन आयोगले आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा लागि बारा जिल्ला सहित देश भर मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाएको छ । आज आइतवार बसेको निर्वाचन आयोगको बैठकले अन्तिम नामावली टुङ्गो लगाएको हो ।
जस अनुसार बारामा ४ लाख २३ हजार ३ सय २७ मतदाता रहेका छन् । त्यि मध्ये पुरुष २ लाख ३१ हजार ८२६ , महिला १ लाख ९१ हजार ४९० र अन्य ११ जना रहेका छन् । त्यस्तै बारा जिल्ला मा ३०३ मतदान स्थल रहने छ भने ५४१ मतदान केन्द्र रहने छ ।
हेर्नुहोस कुन स्थानीय तहमा कति छन मतदान स्थल , मतदान केन्द्र , मतदाता ।