
कलैया । कलैया–मटिअर्वा सडकखण्ड अन्तर्गत पर्ने कलैयाको मुख्य सडक निर्माण नहुदा यहाँ का नागरिकहरुले टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले टायर बालेर बिरोध गर्दै आज बिहानै सडक अवरुद्ध गरेका हन् ।
स्थानीयवासीले भरत चौक देखि अस्पताल जाने सडक जाम गरेका छन् । कलैया उपमहानगरपालिका वडा नम्बर १० स्थित मटिअर्वा देखि पिलुवा सम्म २६ किलोमिटर लामो सडक मुख्य सडकको रुपमा रहेको छ । अधुरो रहेको काम हो सदरमुकाम को मुख्य बजार क्षेत्र जसमा ३ किलोमिटर बाकी छ । दक्षिणमा रहेको देविगन्ज – भरत चोक हुँदै उत्तरमा मदिन टोल सम्म तीन किलोमिटर सडक निर्माण हुन सकेको छैन । त्यि सडक निर्माण नहुदा आवतजावत मा निकै कठिनाई भएको स्थानीय ले जनाएका छन् । ऊनीहरुले सडक निर्माण नहुदा धुलामे सडक पसल सन्चालन गर्न निकै कठिनाई भएको गुनासो गरे । स्थानीय इन्द्रदेव यादव ले आफू हरु लाई सडक को धुलो ले गर्दा निकै समस्या भएको र उपमहानगरले पानी पनि न पटाउने गरेको गुनासो गरे । उनले सडक चाडै निर्माण हुनु पर्ने जोड दिए ।
यता बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले सडक मा पर्ने भौतिक संरचनाहरु भत्किएको छन भने त्यि भौतिक संरचनाको मुआब्जा केन्द्र बाट नआएको जानकारी प्राप्त भएको बताए । उनले हुलाकी को प्रमुख संग आफ्नो छलफल भएको र चाडै नै नागरिक ले मुआब्जा पाउने बताए । उनले भने मुआब्जा पाउने बित्तिकै काम सुरु हुन्छ ।
प्रमुख जिल्ला अधिकारी कटुवाल संग थप प्रश्न गर्दा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बिरगंज लाई सम्पर्क गर्न औलाए । यता निर्देशनालय का प्रमुख दरोगा प्रसाद संग सम्पर्क गर्दा उनले उल्टै केन्द्र सरकार लाई दोष लगाउदै मुआब्जा ढिला दिने गरेको बताए । उनले भने ठेकेदार दुई तीन मा आउँदै छ । तर कहिले मुआब्जा पाउन भन्ने हाम्रो प्रश्नमा उनी पन्छिन खोजे ।
उनले भने , “मुआब्जा १० करोड जति बाकी छ । अर्थ मन्त्रालय मा मङ्सिर मै फाइल लगेको यद्यपि मुआब्जा को रकम नआएको बताए । हामीले सबै निकाय सांसद , मेयर , सिडियो लाई मुआब्जा को बारेमा जानकारी गराएको , निर्देशनालय का प्रमुख दरोगा प्रसादले भने ।”
यसरी उनले हामी लाई प्रतिक्रिया दिदा उनले झुटको खेती गरेका छन् । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बिरगंजले २०७८ साउन १४ गते सूचना प्रकाशित गर्दै ७ दिन भित्र सडक को केन्द्र देखि दुबै तर्फ १५-१५ मिटर भित्र पर्ने भौतिक संरचना भत्काएर मुआब्जा लिन सूचना जारी गर्यो । तर हाल सम्म पनि कार्यालय ले पैसा दिएन । सूचना जारी गर्ने हाकिम पनि दरोगा प्रसाद नै हुन । अहिले आएर ऊनी भन्छन् केन्द्र बाट मुआब्जा को पैसा आएको छैन । बिना पैसा को किन जनता लाई झुकाउन को लागि सूचना जारी भएको भन्ने प्रश्न उठेको छ ।
करिब ९ महिना देखि ५१ घरधुरी का घरधनी ले आफ्नो भौतिक संरचना भत्काएर हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बिरगंजमा मुआब्जा को लागी भौतारिदा पनि नपाएको गुनासो गरेका छन् । यसरी बाकी ४९ जना घरधनीले आफ्नो भौतिक संरचना भत्काएर आफ्ना छिमेकीहरुले नपाए पछी हामीले पनि नभत्काएको एक स्थानीयले गुनासो गरे ।