साजिर मन्सुर , कलैया । बारा को सदरमुकाम कलैया स्थित कलैया उपमहानगरपालिका वडा नम्बर १ मा अवस्थित हनुमान मन्दीरमा जेनेरेटर जडान गरिएको छ । कलैया उपमहानगरपालिका कि उप-प्रमुख रहिमा खातुनले उक्त जेनेरेटर मन्दिर समिति लाई हस्तान्तरण गर्नु भएको हो । आज एक कार्यक्रम का बीच उप प्रमुख खातुनले नगर स्तरीय बजेट बाट ५ लाख को जेनेरेटर हस्तान्तरण गर्नु भएको हो ।

मन्दिर मा २४ औं घण्टा उज्यालो होस र मन्दिर मा रहने पुजारीहरु लाई भजन कृतन को लागि सहज होस भन्ने उद्घेश्य ले जेनेरेटर प्रदान गरिएको उपप्रमुख खातुनले बताउनु भयो ।

उक्त हस्तान्तरण कार्यक्रम मा उपप्रमुख सहित प्रमुख प्रशासकीय अधिकृत नाथु साह , कलैया -१ का वडा अध्यक्ष हरिओम सोनार , वडा सदस्य शम्भु गुप्ता लगायत स्थानीय को उपस्थिति रहेकोे थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर