
कलैया । बारामा चैत २५ देखि टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । जिल्ला मा रहेकोे १६ स्थानीय तहमा तीन चरण मा उक्त खोप लगाइने स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादव ले बताए ।
आज पथलैया तालीम केन्द्र मा आयोजित जिल्ला स्तरीय टाइफाइड विरुद्धको खोप अभियान सम्बन्धि स्वास्थ्य संस्था प्रमुखहरुको २ दिने अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी लाई सम्बोधन गर्दै सबैमा खोप लगाउन अपिल साथ तीन चरण मा खोप लगाइने जनाएका हुन ।
चैत २५ देखि ३० सम्म कलैया उपमहानगरपालिका , जितपुर सिमरा उपमहानगरपालिका , प्रसौनी गाउँपालिका , विश्रामपुर गाउँपालिका , फेटा गाउँपालिका र परवानिपुर गाउँपालिकामा खोप लगाइने छ ।
वैशाख ४ देखि ९ गते सम्म निजगढ नगरपालिका , कोल्हवी नगरपालिका , महागढीमाई नगरपालिका, बारागढी गाउँपालिका, करैयामाई गाउँपालिका, त्यस्तै वैशाख ११ देखि १६ गते सम्म सिम्रौनगढ नगरपालिका , पचरौता नगरपालिका , सुवर्ण गाउँपालिका, आदर्श कोतवाल गाउँपालिका, देवताल गाउँपालिकामा खोप लगाइने छ ।
१५ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकालाई टाइफाइड विरुद्धको खोप प्रदान गरिने उक्त गोष्ठीमा प्रमुख यादवले बताए । स्वास्थ्य संस्था प्रमुखहरुलाई अभिमुखिकरण दिदै उनले भने सरकारको पहिलो प्राथमिकता र लागत प्रभावकारी एवं जनस्वास्थ्यको सफल कार्यक्रमको रुपमा रहेको राष्ट्रिय खोप कार्यक्रमबाट खोपबाट बचाउन सकिने रोगहरूबाट हुने बिरामी दर , अपाङ्गता र शिशु तथा बाल मृत्युदर समेतमा उल्लेख्य रुपमा कमी ल्याउन सफलता मिलेको छ ।यसरी अब १५ महिना सम्मका बालबालिकाहरूलाई विभिन्न संक्रामक रोगहरूवाट बचाउन १३ प्रकारको एन्टिजेन तथा गर्भवतीहरूका लागि टी.डी. खोप उपलब्ध हुने जानएका छन् ।
खोपको प्रयोगसंगै टाइफाइड रोगको रोकथाम र नियन्त्रणको लागि सरसफाई प्रवर्द्धन उत्तिकै महत्वपूर्ण हुने हुँदा नियमित खोप सेवा मार्फत सरसफाई प्रवर्द्धन कार्यक्रमलाई सबै तह र निकायहरूबाट विशेष जोड दिँदै खोपसंगै सरसफाई प्रवर्द्धन कार्यक्रम पनि प्रभावकारी रुपमा सञ्चालन गर्न गराउन स्वास्थ्यकर्मी लाई स्वास्थ्य प्रमुख यादव ले अपिल गरे ।
कुन स्थानीय तहमा कहिले लगाइन्छ खोप ।