कलैया । बारामा लागू औषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवा बस्ने बर्ष ३० को बिजय बैठा र दोल्खाको चरीकोट नगरपापिका वडा नम्बर १३ बस्ने नामदु बस्ने बर्ष २३ को सुरज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक राजेश थापा ले जानकारी दिएका छन् ।
बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ बलिरामपुर स्थित प्रहरी चेक पोस्टमा भारत बाट नेपाल तर्फ आउदै गरेको साईकलमा सवार दुबै जना लाई शंका लागी चेक जाँच गर्दा ऊनीहरुको साथ बाट लागू औषध बरामद भएको हो । प्रहरी ले ऊनीहरुको साथ बाट नाइट्रोभेट २२ पिस ट्याबलेट फेला पारी नियन्त्रणामा लिएर आवस्यक अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।