फाल्गुन २२ गते सोमबार,
ने.क.पा.एमाले पचरौता नगरपालिका बारा द्वारा आज होलि मिलन समारोह तथा बृहत पार्टी प्रवेश कार्यक्रम समपन्न भएको भएको छ । ने.क.पा.एमालेका केन्द्रिय सदस्य तथा बारा जिल्ला इन्चार्ज बलबिर चौधरीको प्रमुख आतिथ्यता पचरौता नगर प्रमुख जलन्धर सिंह, जिल्ला सचिव अदयान्न्द पाण्डे, उप प्रमुख नसिमा खातुनको बिशिस्ट आतिथ्य तथा वडा अध्यक्ष धेनुक राउतकुर्मी, लक्ष्मी यादव, बनारसी बिन, गगनदेव यादव, तथा नगर इन्चार्ज सुरेश यादव, भिखारी साह, केदार बैठा, महपातिया देबि दुसादिन, बैधनाथ यादव, लगायतको आतिथ्यमा कार्यक्रम समप्न्न भएको छ । उक्त कार्यक्रममा वडा न.६ का लोसपाबाट वडा अध्यक्षको प्रत्यासी इन्ताज अन्सारी र वडा न.८ का लोसपाबाटै वडा अध्यक्षको प्रत्यासी गफुर अन्सारीको नेतृत्वमा 200 भन्दा बढीले पार्टी प्रवेश गरेका थिए । नव प्रवेसीहरुलाई प्रमुख अतिथी तथा नगर प्रमुख जलन्धर सिंहले फूलमाला लगाई स्वागत गरेका थिए । विभिन्न अवरोधका वावजुद पनि हामीले बिकाश निर्माणका कार्यलाई द्रुत गतिमा अगाडि बढाएका छौ साथै अहिले सम्म ९५ प्रतिशत योजनाको कार्यादेश दिई कार्य प्रगतिमा रहेको र पचरौताको बिकाशका लागि आफुलाई जेल पनि बस्नु परेमा पछि नहट्ने बतानु भयो । कार्यक्रम जयनारायण राउतको अध्यक्षतामा भएको थियो भने रौशन यादवले उद्घोषण गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर