साजिर मन्सूर
कलैया,असोज ६
रेडियो एफएम जगतमा हरपल गुन्जिरहने नामहरु अर्थात रेडियो श्रोताहरुको भेलाले आज नेपाल रेडियो श्रोता संघ को गठन गरेका छन । बारा सदरमुकाम कलैया स्थित बाल एकता बोर्डिङ को सभाहलमा बसेको श्रोताहरुको भेलाले सो संघको गठन गरेको हो ।
गठित तदर्थ समितिको संरक्षकमा ख्याती प्राप्त श्रोता एवम प्राध्यापक कुर्बान हवारी,अध्यक्षमा रामाधार मेहता,बरिस्ठ उपाध्यक्षमा सुरेश प्रसाद साह,उपाध्यक्षमा रामबाबु साह,महासचिवमा सज्जाद अन्सारी,सचिवमा महेश्वर चौधरी सह सचिवमा राम अशिष मण्डल,कोषाध्यक्षमा मदन पन्डित सदस्यहरुमा क्रमशः रन्जित पास्वान,परदेशी चौधरी,बिरेन्द्र ठाकुर,ईस्लाम अन्सारी परवाना,शिव शंकर साह,श्याम डन,रामेश्वर साह,गोबिन्द ठाकुर,शिव गुलाम साह,ईन्जिनियर राजेश साह,परमेश्वर साह,गोपाल रौनियार,लट्टु मण्डल,अमेरिकन सहनी,ध्रुब कुश्वाहा,लालबाबु साह कानु,खलिल अन्सारी,मुक्ति चौधरी,बिजय साह सोनार,रामचन्द्र साईकल मिस्री रहेका छन । यस्तै सो भेलाले संघको बरिस्ठ सल्लाहकारमा बिश्वास एफएम कलैयाका प्रबन्ध निर्देशक साजिर मन्सूरलाई र सल्लाहकारमा बाल एकता प्लस टु क्लेजका निर्देशक सुमोध सरार्फलाई सर्वसम्मत चयन गरेको छ ।
यस्तै कानुनी सल्लाहकारमा नेपाल लेखापढी कानुन ब्यवसायी एशोसिएशन कलैयाका अध्यक्ष बृजकिशोर यादव उर्फ भगत जि लाई चयन गरेको संरक्षक हवारिले जनाएका छन ।
संघका सदस्यहरूले मनोरञ्जनात्मक कार्य सङ्गै समाज परिवर्तनका लागि र समाजिक कार्यहरु गर्नका लागि विभिन्न खालका समाजिक दायीत्व बहन गर्ने अध्यक्ष मेहताले बताएक छन । मेहताले संघले केही दिनमै औपचारिक रुपमा संघ दर्ता गराएर विभिन्न समाजिक गतिविधि गर्ने र संघमा नेपाल भरिका स्थानका श्रोता मात्र नभएर छिमेकी देश भारतका पनि
श्रोताहरुलाई जोड्ने योजना रहेको बताएका छन । गठित तदर्थ समितिले तीन महिनामा सदस्य संख्या बढाएर अधिवेशन गरि त्यसबाट कार्यसमिति चयन गरिने संरक्षक हवारिले जानकारी गराएका छन । हवारिले संस्थाले देशमा बिकृतिका रुपमा बढ्दै गएका कुरिती कु सन्स्कार र अस्लिलता एवम भ्रस्टाचार बिरोधि विभिन्न सचेतना मुलक कार्यक्रम गर्ने बताए ।
यता बिश्वास एफएम कलैया को सन्चालिका प्रीयन्का दासले गठित समितिका सदस्यहरुलाई हार्दिक बधाई तथा सफलताको कामना गरेकी छन ।







