साजिर मन्सूर
कलैया,मङ्सिर १६

बारा सदरमुकाम कलैयामा लैङ्िगक हिन्सा विरुद्धको सुनिस्चितता,महिला र बालबालिकामा लगानीको एक्यवद्धता भन्ने नारा सहित शुरु भएको ३२ औ लैङ्िगक हिंसा बिरुद्ध को १६ दिने अभियान अन्तरगत मुस्लिम महिलाहरुका लागि हानिकारक परम्परागत अभ्यास विरुद्ध मुस्लिम २ दिने शसक्तिकरण कार्यक्रम शुरु भएको छ । बरेवा दरबार होटेलमा एक कार्यक्रमका बिच प्रमुख अतिथि रहेका प्रदेश सान्सद महमद समिरले सो कार्यक्रमको उदघाटन गरेका छन ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सान्सद महमद समिरले मुस्लिम महिलाहरु अझै पनि शिक्षा बाट टाढा रहेको प्रती चिन्ता ब्यक्त गर्दै सबैलाई शिक्षा लिन आग्रह गरे । समिरले मुस्लिम समुदायले खानपानमा बढी आकर्षण राख्ने र बढी आफ्नो कमाई खानपानमा सकाउने गर्दै आएको भन्दै बरु एक छाक कम खाएर भएपनी शिक्षा लिनैपर्ने बताए । समिरले घरपरिवारमा सबैलाई सकारात्मक सोचको बिकास गर्न आग्रह गरे । परिवारका सबै सदस्यहरु सङ्ग खुलेर मनका कुरा गर्न समेत बताउदै यसले सहज बाताबरण को निर्माण हुने समिरले बताएका छन ।
खासगरी समाजमा बिधमान विभिन्न बिक्रीती बिसङ्गती सहित कुरिती का बिरुद्द मुस्लिम महिलाहरुलाई सचेत गराउन तालिम को आयोजना गरिएको आयोजक नेपाल मुस्लिम महिला कल्याण समाजको केन्द्रिय अध्यक्ष महिला अधिकारकर्मी सिमा खानले जानकारी गराईन ।
तालिममा ३५ जना मुस्लिम महिलाहरुको सहभागीता रहेको आयोजक संस्थाको अम्ब्या अन्सारीले जनाएकी छ्न ।
प्रशिक्षक करुणा बराल र कबिता चौधरीले प्रशिक्षण दिने समाज बाराको रुबि खातुनले जानकारी गराईन ।
कार्यक्रमको स्वागत आयोजक संस्थाकि सचिव जिन्नत जहानले गरेकी थिईन भने सन्चालन संस्थाकि सदस्य आमना खातुनले गरेकी थिइन ।

कार्यक्रममा बिशिस्ट अतिथि कलैया उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष सैफुल्लाह अन्सारी,कलैया नगरपालिका का तत्कालिन उप मेयर मन्जुर आलम अन्सारी सहित महिला अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो । तालिम सेन्टर फर ईन्टरनेशनल स्टडी एन्ड को अपरेशन को आर्थिक सहयोगमा चलिरहेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर