रौतहटमा ६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतबाट फैसला भई कैद जरिबाना तोकिएर लामो समयदेखि फरार रहेका ६ जना प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नजिर अन्सारी, सिहदान्त पासवान, रामसागर गिरी, पवनकुमार राउत कुर्मी, अखिलेशकुमार यादव र राजेशकुमार यादव रहेका छन् । उनीहरुलाई दसैंमा घर आएका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपकुमार रायले जानकारी दिए ।

अन्सारीलाई ज्यान मुद्दा, पासवानलाई चोरी मुद्दा, गिरीलाई बालबिबाह मुद्दा , कुर्मी र यादवलाई चोरी मुद्दा जरिवाना र कैद तोकिएको डीएसपी रायले बताए । राजेशकुमार यादवलाई भने लागुऔषध मुद्दामा ५० हजार जरिवाना तोकिएको उनले बताए ।

पक्राउ परेका सबै प्रतिवादीलाई फैसला कार्वान्यनको लागि बिहीवार जिल्ला अदालत गौरमा हाजिर गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर