साजिर मन्सूर
बारा, जेठ १५
बारा जिल्लाको कलैया उपमहानगरपालिका–१९ इनर्वास्थित नेपाल यतिमखाना इस्लामियाले बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले आज १६ गते शनिबार बिहान ८:०० बजेदेखि नेपाल यतिमखाना इस्लामियाको प्राङ्गणमा रक्तदान सम्पन्न गरेको यतिमखानाका अध्यक्ष एवम पुर्व वडा अध्यक्ष समेत रहेका लतिफ मिया ठकुराई ले जानकारी गराए ।
प्रादेशिक अस्पताल कलैयामा रगतको अभाव भएकाले मानव जीवन बचाउन र रगत अभावको समस्यालाई न्यूनीकरण गर्न उद्देश्यले महान पर्व ईदुल अजहा कुर्बानिको तेस्रो दिन पारेर आज उक्त कार्यक्रम समपन्न गराईएको ठकुराईले जनाए । ३० जनाले रक्तदान गरेको सो शिबिरमा सो वडा र छेत्रका युवा समाजसेविहरुको वाक्लो उपस्थिति रहेको ब्लड बैंक कलैयाका राजाबाबु गुप्ताले जनाए ।
संस्थाका अनुसार रक्तदानलाई सबैभन्दा ठूलो मानवीय सेवाका रूपमा लिइन्छ। “रक्तदान जीवनदान” भन्ने मूल सन्देशका साथ आयोजना गरिएको कार्यक्रममा स्थानीय समाजसेवी, युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता देखिएपछि आयोजकले धन्यवाद दिएको छ ।
आयोजकले स्वस्थ व्यक्तिहरूलाई कार्यक्रममा उपस्थित भई रक्तदान गरेर सामाजिक उत्तरदायित्व निर्वाह गरेकामा धन्यवाद दिएको छ।







