साजिर मन्सूर
कलैया,फाल्गुन ३

“लैङ्िगक मैत्री र समावेशी शासन,स्थानिय योजना र समाजिक न्यायका लागि दलित,मुस्लिम र अन्य सिमान्तकृत महिला र बालबालिकाहरुको शसक्तिकरण परियोजना” अन्तरगत लैङ्िगक समानता तथा समाजिक समावेशीकरण लेखा परिक्षण प्रतिबेदनको प्रसार सम्पन्न भएको छ् । कलैया उपमहानगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बजेट निर्माण प्रक्रियामा लैङ्िगक समानता बमोजिम हुनुपर्नेमा जोड दिइएको थियो ।
बारागढी गाउपालिका र कलैया उपमहानगरपालिकामा यो परियोजना सन्चालनमा रहेको कार्यक्रम संयोजक सरोज कुमार सिंहले जनाएका छन ।
आयोजक संस्था दलित जनजाति उत्थान केन्द्र कलैयाको अध्यक्ष बबिता देबि रामको अध्यक्षता एवम मेयर बिनोद साहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको छ ।
संस्थाका महानिर्देशक ओमप्रकाश ठाकुरले प्रतिबेदनका बारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा कलैया उपमहानगरपालिकाका उप मेयर रौषन प्रविण,प्रमुख् प्रशासकिय अधिकृत नाथु साह,विभिन्न बिषयगत शाखाका प्रमुख एवम परियोजनाका सहभागी ४० जना सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
सिएफएलआई/एफसिएलआई को आर्थिक सहयोगमा परियोजना सन्चालनमा रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर