नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसको सहमति बिना पनि सरकार नीति तथा कार्यक्रम संसदबाट पारित गर्ने दाबि गर्नुभएको छ ।
हालै सम्पन्न एमाले पर्साको नौं जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ प्रतिनिधिहरुको शफत ग्रहणमा सहभागी हुन शुक्रबार वीरगंज आउनुभएको अध्यक्ष ओलीले कांग्रेस सत्ता वियोगान्तमा परेको आरोप लगाउनुभयो ।
सरकारबाट बाहिरिएको कांग्रेस त्यसको वियोगमा परेर देश र संसदलाई बन्धनक बनाउन खोजेको बताउदै अध्यक्ष यादवले एमालेले त्यस्तो हुन नदिने ठोकुवा गर्नुभयो ।
गृहमन्त्री रबि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएर कांग्रेस सरकार मागेको अध्यक्ष ओलीको जिकिर छ ।







