साजिर मन्सूर

कलैया,भदौ १४

नेपाल ब्युटिसियन संघ बाराले हरेक बर्ष जस्तै यो बर्ष पनि महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा सुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम बरेवा दरबार होटेल एन्ड ब्यान्क्विट मा भब्यताका साथ मनाएको छ। खासगरी हाम्रा समाजका दिदिबहिनीले आफ्नो बर्ष भरिको सम्झना दुख पीडा बिर्सन नाच गान गरेर रमाईलो गर्ने गर्छन । यो बर्ष को हरितालिका तिज भदौ २१ गते परेको छ ।

oplus_2

कार्यक्रममा बक्ताहरुले “तिज हिन्दु धर्म मान्ने महिलाहरूको एउटा विशिष्ट पर्व भएको बताए । सामाजिक विविधतायुक्त समाजमा यस पर्वको छुट्टै महत्व भएको संघको अध्यक्ष शोभा सरार्फ ले बताईन ।

सरार्फले मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा तिजले विशेष टेवा पुरयाउन मद्दत पुरयाएकोे बताईन । तिज आत्मीयता र सद्भावको पर्व पनि हो भन्दै अध्यक्ष सरार्फले निराहार ब्रतका नाममा पानीसमेत नखाई भोकभोकै ब्रत बस्नु आफैमा गर्वको बिषय भएको बताईन ।

सरार्फले, “चित्त शुद्धि भएमा काया पनि स्वतः शुद्धि हुन्छ भन्दै सबैमा सुभकामना दिए।

 

सो अवसरमा ब्युटोसियनको लेबल टु गरेकाहरु मनमाया लामा,आशा दहाल,सबित्रा भट्ट,ईश्व्वरी अधिकारी,बरिस्ठ मैया राई,सङ्गिता गुप्ता लाई दोशल्ला सहित सम्मानित गरिएको थियो ।

संघ बाराको अध्यक्ष सरार्फको अध्यक्षता एवम पुर्व मन्त्री कलावती पास्वानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन बाराको अध्यक्ष बिश्वमणी शर्मा,बरिस्ठ ब्युटिसियन मैयाँ राई,ब्युटिसियन संघ बाराको कोषाध्यक्ष रन्जिता श्रेष्ठ,संघका पुर्व उपाध्यक्ष आशा दहाल,प्रसौनी गापा ब्युटिसियन संघको अध्यक्ष सङ्गिता गुप्ता

oplus_2

 सहित ब्युटिसियन संघका सदस्यहरु गरि ५० जनाको उपस्थिति रहेको थियो ।

संघको सदस्य प्रीन्सिका सराफले स्वागत गरेको कार्यक्रमको सन्चालन संघको सल्लाहकार सरस्वती खरेलले गरेकी थिइन ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर