साजिर मन्सूर
कलैया,कार्तिक १
“सेवा नै धर्म हो” नाराका साथ कलैयाका प्रसिद्ध वरिष्ठ फिजिसियन डाक्टर बिकेश पाण्डे द्वारा सञ्चालित ए प्लस अस्पतालमा ल्याप्रोस्कोपी शल्यक्रिया शुरु भएको छ । अस्पतालमा यो सङ्गै विभिन्न सेवाहरु पहिला देखि नै उपलब्ध भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालमा नारायणी अस्पतालका वरिष्ठ जनरल तथा ल्याप्रस्कोपिक सर्जन डा. सुनिल जायसवालले ५० जना भन्दा बढी बिरामीहरूको सफल सल्यक्रिया गरेपछी बिरामिहरु हर्षित भएका छन । बिरामिले आफ्नै जिल्लामा सेवा प्राप्त भएपछि डा. जयस्वालको प्रसंशा गर्न थाकिरहेका छैनन । २०८१ साल असोज १२ गते डाक्टर सुनिल जयस्वाल लगायतको टिम द्वारा ल्याप्रोस्कोपी द्वारा तीन जनाको सफल शल्यक्रिया गरिएको थियो । कलैया उपमहानगरपालिका वार्ड नं १४ बघवन निवासी ६२ वर्षीय बबिचन ठाकुर, सिमरा निवासी ४० वर्षीय राबावती देवी र हरिओन निवासी ४२ वर्षीय सरस्वती शिवाकोटी को एकै दिनमा बिना चिरफार ल्याप्रोस्कोपी प्रविधिद्वारा पित्तथैलीको पत्थरीको शल्यक्रिया गरी बारा जिल्लाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिएको अस्पताल सन्चालक डा. पान्डेले जानकारी गराएका छन ।
बबिचन ठाकुर लामो समयदेखि पित्तथैलीको पत्थरीले ग्रसित थिए उनि चिनी र दम रोगका कारण अत्यन्तै परेशान रहेपनी सहज स्वास्थ्य सेवा नपाउदा जीवन बाट निरास बनेको बताउदै आशा मरिसकेको बेला धेरै ठाउँबाट रेफर भएर अब मर्ने भनी मन मारिसकेको बताउदै उनी आफ्नै गाउँका सर्जन डाक्टर सुनिल जेस्वालद्वारा आफ्नै जिल्लामा बिना पेटचिरी ल्याप्रोस्कोपीबाटै सल्यक्रिया गराएर निको हुन सक्ने सुनेपछि धेरै खुसी भएको र सोही अनुसार उपचार पनि भएपछि खुशिको सिमाना नरहेको बताएका छन ।
“यस अस्पतालमा सस्तो र भरपर्दो उपचार का साथै कर्मचारीहरूको मिठो बोलीका कारण हामी त अन्त छोडेर यही सल्यक्रिया गराउन आएको हरिवन कि सरस्वती शिवाकोटीले बताईन ।
केही वर्ष पहिलेसम्म सानोभन्दा सानो उपचारको लागि बीरगञ्ज तथा काठमाडौँ धाउनुपर्ने अवस्था थियो भने अहिले बारा पर्सा रौतहट लगायत लालबन्दी हरियोन बाट पनि बिरामीहरु सेवाका लागि कलैया आउन थालेका छन्। आफ्नै जिल्लामा अत्याधुनिक प्रविधि द्वारा वरिष्ठ चिकित्सकहरुसँग उपचार गराउन पाउँदा जनता खुसी छन्।
“जनताको साथ र सहयोग निरन्तर रहिरहे अझ सेवाहरू थप्दै प्रभावकारी उपचार प्रदान गर्दै जाने प्रतिबद्धता ” डाक्टर बिकेश पाण्डे तथा डाक्टर सुनिल जयसवालले जनाएका छन ।







