
युनिक यादव , कलैया । भारत को मोतिहारी बाल गृहमा रहेका बाराका दुई बालक को उद्दार गरिएको छ ।
गत असार २७ गते दुई जना बालकहरु जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं १ छातवा बस्ने १५ वर्षीय बुधन मुखिया बिन र सोही ठाउँ बस्ने १३ वर्षीय अनिल मुखिया बिन काम गर्न भारतमा जाने क्रममा रौक्सलमा भारतीय प्रहरीले नियन्त्रणमा लिएर बाल श्रमको मुद्दा लगाई बाल गृह मोतिहारीमा राखेको थियो ।
बाल गृह मा आफ्नो छोरा गए पछी अभिभावकहरुले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय , राष्ट्रिय बाल अधिकार परिषदको सहयोगमा र सरक्षण नेपाल , बाराको सहजिकरणमा संचालित बाल हेल्पलाइन निशुल्क नं १०९ ८ नेपाल बारामा जानकारी गराए पछी प्रशासन र प्रहरीको सकृयता मा दुई बालक लाई आफ्नो अभिभावक को जिम्मा लगाउन सफल भएको बारा का प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाही ले बताउनु भयो ।
बालकको अभिभावकको सुचनाको आधारमा विश्रामपुर गाउँपालिका , जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय को छलफल पछी साउन ५ गते बाल हेल्पलाइन र जिल्ला प्रहरी कार्यालयको प्रतिनिधिको टोली मोतिहारीमा गएर जिल्ला बाल कल्याण समिति , जिल्ला बाल संरक्षण इकाई र बाल गृहको प्रतिनिधिहरु संग र बिहार सरकार समाज कल्याण विभाग पटनाबाट अनुमति प्रदान पछि दुबै बालक लाई नेपाल ल्याइएको थियो ।
बारा का प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल को रोहबरमा जिल्ला प्रशासन कार्यालय बारा को सभा कक्षमा अभिभावक लाई जिम्मा लगाइएको संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुश्वाहाले बताउनुभयो ।