
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पून: कुलमान घिसिङ नियुक्त भएका छन् ।
उर्जा जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालको प्रस्तावमा हालै बसेको मन्त्रिपरिषदले कार्यकारी निर्देशकमा पुनः घिसिङलाई नियुक्ति गरेको हो ।
अघिल्लो ४ बर्षे कार्यकालमा प्राधिकरणलाई नाफामा लगेका घिसिङले देशलाई लोडसेडिङमुक्त गरेपछि उहाँ अझ चर्चामा आउनु भएको थियो । मन्त्रीपरिषद को निर्णय पछी घिसिङले बुधबार उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति बुझेका हुन्। उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरिन् ।
त्यस्तै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी (सचिव) सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागिनै नियुक्त गरेको छ।