कलैया । पर्सामा लागु औषध सहित एक जना पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेटमा प्रहरी चौकी ईनर्वाबाट नियमित चेकिङमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउने पैदल यात्री तथा सवारीसाधनहरू जाँच गर्ने क्रममा एक जना लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनु भयो ।
पक्राउ पर्ने मा नवलपरासी बंजरिया गाउँपालिका वडा नं.१ बस्ने वर्ष ४० को अनिल भर चौधरी रहेका छन् ।
ना.८ प ५८९३ नम्बरको मोटरसाइकल चढी आएका चौधरीले पछाडि बोकेको झोलामा लुकाइछिपाई ल्याएको लागु औषध फेनारगन १०० एम्पुल, नुर्फिन १०० एम्पुल र डाइजेपाम १०० एम्पुल गरी जम्मा ३०० एम्पुल प्रहरीले फेला परेको प्रब्क्ता खनालले बताउनु भयो ।
फेला परेको लागु औषध तथा मोटरसाइकल बरामद गरी उनलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक खनालले बताउनु भयो ।







