कलैया । प्रसौनी गाउँपालिकाले महिलाहरुको लागि महान पर्व तिजको अवसरमा तीज विशेष कार्यक्रम सोमवार सम्पन्न गरेको छ ।

    गाउँपालिका प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाका महिलाहरुले खुशीका साथ सुख दुख साटासाट गर्नलाई कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष भोला गुप्ताले बताउनुभयो ।

    गुप्ताले हरेक बर्ष तीज कार्यक्रम गर्दै आएको बताउँदै यसले सबै महिलालाई एक ठाउमा ल्याउने र उँहाहरुको समस्या समेत बुझेर आवश्यकता पूरा गर्ने सोचका साथ अघि बढेको बताउनुभयो । सोही अवसरमा उपाध्यक्ष गिता साहले महिला कर्मचारीले वर्ष भरिका सबै दुख पीडा बिर्सेर, आउँदो बर्षमा उत्साहित भएर आ–आफ्नो काममा फर्किने बताउनुभयो । कार्यक्रममा सबै वडाका जनप्रतिनिधि सहित स्थनीयको भब्य उपस्थिति रहेको थियो ।

    Like Reaction
    Like Reaction
    Like Reaction
    Like Reaction
    Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर