सिमरा । बिपी कोइरालाको १०८ औँ जन्म जयन्ती बारा जिल्ला सहित देश भर विभिन्न कार्यक्रम गरि मनाइएको छ । बिपी कोइरालाको जन्म जयन्तीकै अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा बिहिवार सरसफाइ एवं वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको थियो ।

नेपाली काङ्ग्रेस वडा कमिटिले आयोजनामा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा नगर सभापति श्यामबाबु गुप्ताले बृक्षारोपण गरेर उद्घाटन गर्नुभएको हो । जन्म जयन्ती को अवसरमा पेमा नामपर नाम्चे गुम्बा परिसरमा १५० वटा वृक्ष रोपिएको थियो ।

कार्यक्रममा बोल्दै नगर सभापति गुप्ताले बिपीको सिद्धान्त अनुसार सबै अगाडि बढ्नुपर्ने बताउनुभयो । वडा कमिटी अध्यक्ष इमानसिङ तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष केदार बजगाईँ, एमालेका वडा कमिटी अध्यक्ष हरिदेव खरेल, एमाले नेता रमेश सापकोटा, समाजसेवी राधेश्याम सिवाकोटी लगायतको सहभागीता थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर