पर्सा । विश्व हिन्दु परिषद नेपालले मंगलबार १२ औं पटक महावीर मन्दिर वीरगञ्जमा सामुहिक हनुमान चालिसा वाचन तथा भजनकिर्तन कार्यक्रम सम्पन्न गरेको छ ।
सनातन धर्मको रक्षा र हिन्दु संस्कृति तथा धार्मिक आस्थालाई थप मजबुति प्रदान गर्न सामुहिक हनुमान चालिसा वाचन गरिएको विश्व हिन्दु परिषद नेपाल पर्साका उपाध्यक्ष शम्भु महतो थारुले जानकारी दिनुभएको छ ।
हरेक पटक सहभागीहरुको संख्या स्वस्फुर्तरुपमा बढ्दै गईरहेको उपाध्यक्ष थारुको भनाई छ । प्रत्येक मंगलबार बिहान ७ बजेर २० मिनेटमा वीरगञ्जको महावीर स्थान मन्दिर परिसरमा सामुहिक हनुमान चालिसा वाचन हुने गरेको छ ।
यस अभियानमा सामेल हुने भक्तजनहरुले धेरै साकारात्मक उपलब्धी प्राप्त भईरहेको प्रतिक्रिया दिएको विश्व हिन्दु परिषद नेपालका पर्सा सचिव कुन्दन श्रीवास्तवले जानकारी दिनुभएको छ ।
सामुहिक हनुमान चालिसा वाचन कार्यक्रममा सहभागी भईदिन उहाँले वीरगञ्जवासीमा अनुरोध गर्नुभएको छ ।