कलैया । विश्व प्रसिद्ध श्री गढिमाई मन्दिर संचालन तथा बिकास समितिमा फेरि बिबाद देखिएको छ । दर्शनार्थीहरुले मन्दिरमा दैनिक चढ्ने भेटिमा लाखौको नगद र सुन चान्दी गरगहना सहित विभिन्न किसिमका भेटी चढाउने गरे पनि त्यसमा पारदर्शीता नभएको समितिका सचिव पारस प्रसाद गुप्ताले आरोप लगाएका छन ।

गुप्ताले आज मन्दिर नजिकै रहेको खानेपानीको प्राङ्गणमा गरिएको पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएका हुन । गुप्ताले समितिकै अध्यक्ष रामचन्द्र साह तेलिको योजनामा समितिका कोषाध्यक्ष महेश जयस्वाल सहितकाले आफुमाथी साङ्घातिक हमला गरि कुटपिट गरेको बताएका छन ।

समितिको सम्पूर्ण कागजपत्र आफुले अध्ययन गर्न पाउनु पर्ने एवम मन्दिरमा चढाईने भेटिको हिसाब किताब सार्वजनिक हुनुपर्ने माग गरेपछी मलाई हतोत्साहित गराउन र मेरो मान्सिक अवस्थालाई समेत तल गिराउन अध्यक्ष तेलि कै योजनामा म माथि कुटपिट गर्न लगाइएको गुप्ताले बताए । अध्यक्ष तेलि बर्षौ देखि मन्दिरको सम्पुर्ण आर्थिक ब्यवस्थालाई भित्र भित्रै कमजोर पारिरहेको बताए । गएको शनिबार आफू समितिको प्राङ्गणमा बसिरहेका बेला कोषाध्यक्ष सहित आएका समुहले गुण्डागर्दी शैलिमा आफुमाथी एकाएक जाईलागेका गुप्ताले बताए । गुप्ताले आफुमाथी भएको कुटपिट मा सामेल भएकाको विरुद्धमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन जादा उजुरी समेत दर्ता नगरेको भन्दै प्रहरी प्रशासनमाथी समेत भरोसा नभएको दुखेको पोखे ।

आफुले यश बारे सिडिओ सङ्ग समेत गुनासो गरेपछी मिलेरै समस्या समाधान गर्न भन्दै फर्काइएको बताए । आफुलाई पत्रकार सम्मेलनका लागि पनि समितिको कार्यालय परिसरमा छिर्न नदिएर ताल्चा लगाइएको कारण खानेपानी को पुरानो फोहोर भवनमा पत्रकार सम्मेलन गर्नु परेको बताएका छन । आफुले स्थानिय सरकारले समेत यसमा चासो देखाएर हिसाब किताब सार्वजनिक गर्नुपर्ने माग राखेको सचिव गुप्ताले बताए । महागढिमाई नगरपालिकाका मेयर उपेन्द्र यादब तथा उपमेयर तारा देबि कानु सहित जनप्रतिनिधि सङ्ग समेत यस बारेमा कुरा राखेको बताउदै सचिव गुप्ताले स्थानिय सरकारले गढिमाई मन्दिर बिकासका लागि अब आफै सबै पहल कदमी चाल्नेमा आफू बिश्वत रहेको बताएका छन ।

आफुमाथी भएको अपमान एवम दुव्र्यवहार तथा शारीरिक चोटपटकको उपचार र कानुनी कार्वाही नभए आफू सहित मन्दिरका सुभेछुक आम जनता आन्दोलनमा जाने बताएका छन । यता महागढिमाई नगरपालिका १ का काङ्ग्रेस युवा नेता उपेन्द्र गुप्ताले यसरी निर्वाचित पदाधिकारीलाई नै नटेर्ने समितिले मन्दिरको बिकास गर्नुमा बिस्वास गर्नु मुर्खता हुने बताउदै दुधको हेरालु बिरालो भए सरह भएको बताए । उनले यथा सम्भव सचिव गुप्तालाई कानुनी न्याय नमिले आफुहरुले समेत आन्दोलन गर्ने बताएका छन ।

यस बारेमा हामिले समितिका अध्यक्ष तेलि सङ्ग प्रतिक्रिया लिन खोजेपनी वहाँ सङ्ग सम्पर्क हुन सकेन । यता महागढिमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादबले समेत यो घटना प्रती आफुहरुको गम्भीर ध्यानाकर्षण भएको प्रतिक्रिया दिएका छन । स्थानिय सरकारले कुनै पनि मठ मन्दिर मस्जिद गुठी आदिको सम्पती संरक्षणमा कुनै किसिमको कमि नगर्ने र मन्दिरको भेटी हिनामिना भएको भनेर सचिव बाटै आएको गुनासो उपर कानुन बमोजिम छानबिनका लागि आवस्यक पहल कदमी थाल्ने बताएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर