कलैया । पर्सा बाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् ।बुधबार दिउँसो २ बजे पैदल हिँडिरहेका दुईजनालाई शङ्का लागेर चेकजाँच गर्दा निजहरूले बोकेको रसभरीको डब्बा भित्रबाट लागू औषध सय एमएलको बिनपिरेक्स सिरप १२० थान बरामद भएको थियो ।पक्राउ पर्नेमा बर्दियाका २२ वर्षीय राजेश थारू र चितवनका ३२ वर्षीय सुरेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल ले बताउनु भयो ।

बुधवार नै प्रहरी ले थप दुई जना लाई पक्राउ गरेको हो । वीरगञ्ज वडा नम्बर १६ शंकर आचार्य दवारबाट लागू औषध ब्यूरो टोलीले पैदल हिडिरहेका दुई जना लाई चेक गर्दा ३.४० ग्राम खैरो हिरोइन बरामद भएको हो ।
पक्राउ पर्नेम सर्लाही लालबन्दीका सुरज पासवान र कञ्चनपुर भीमदत्त नगरपालिका २१ वर्षीय लक्ष्मण विष्ट रहेको प्रहरी नायब उपरीक्षक खनाल ले बताउनु भयो । ऊनीहरु चार जना लाई प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर