साजिर मन्सूर, कलैया । प्रदेश २ का पुर्व भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले बचतलाई संस्कारको रुपमा बिकास गर्नु पर्ने बताएका छन । बिश्वास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै सोनलले यस्तो बताएका हुन । प्रसौनी गाउपालिका वडा नम्बर ४ खुट्वा जब्दी स्थित संस्थाको प्राङ्गणमा भएको कार्यक्रममा आजको युगमा सहकारी संस्थाको अपरिहार्यता अनिवार्य भएको कार्यक्रमका प्रमुख अतिथी सोनलले बताएका छन ।

सोनलले आजको परिवेसमा गाउँ गाउँ टोल टोलमा खुलेको सहकारी संस्थाले सारा किसान,युवा व्यापारी,संघ संस्थाको बिकासका लागि चाहेकै बेलामा ऋण सहयोग गर्नाले आर्थिक हिसाबले हरेक छेत्र अगाडी बढ्दै गएको बताएका छन ।

सोनलले आजको सानो बचत भोलि गएर अपत्यारिलो रुपले लाखौ करोडौं को विशाल बचत को रुपमा बुढापाका बेला लाढी बन्ने बताए । सोनलले मधेशमा रहेको सबै धार्मिक संस्था तथा परंरागत धरोहरलाई छायामा पारिएको प्रती दुख ब्यक्त गरे । सारा नेपाली जनतालाई बचत को बानीमा सुधार ल्याउन आग्रह गरेका छन । सोनलले अर्गानिक उत्पादन मा जोड दिदै सबैले बिना खादको उत्पादनमा लाग्न आग्रह गरे ।

आज देशमा तिनै तहका सरकारले सबै प्रकारका सहकारीको उत्थानका लागि आवस्यक कदम चाल्ने र नितिगत निर्णय गर्नुपर्नेमा बिशिस्ट अतिथि पुर्व युवा तथा खेलकुद मन्त्री संघीय सान्सद एकबाल मियाले जोड दिए । मियाले आफू थोरै समयका लागि खेलकुद मन्त्री भए पनि युवाका लागि धेरै गर्न चाहेको र त्यसका लागि नितिगत निर्णय गर्न खोजेको भएपनी राजनीतिक उतारचढाव का कारण त्यसमा सफल हुन नसकेको बताए । मियाले बङ्गलादेशबाट सहकारी को उत्पत्ति भएको सहकारि आज बिश्वका धेरै देशमा लोकप्रिय बन्दै लागू भएको बताए । मियाले फजुलको खर्च मात्र काटेर बचत गर्दै जादा भविष्यमा धेरै काम लाग्ने बताए ।

संस्थाले बिश्वास मासिक पेन्सन योजना,बिश्वास बैवाहिक सन्देश योजना,बिश्वास मुद्दती बार्शिक योजना,मुद्दती बचत द्वारा पेन्शन योजना,दैनिक बचत(सानो बचत एकमुष्ट भुक्तानी)योजना र चल्ती बचत (खाचो परेको समयमा झिक्न पाईने ) जस्ता आकर्षक योजना सन्चालन गरेको संस्थाका अध्यक्ष एवम वडा नम्बर ४ का अध्यक्ष आनन्द गुप्ताले बताए । गुप्ताले आफुहरुको संस्थामा हाल सम्म १५ सय बढी सदस्य रहेको बताए । गुप्ताले हामिले संस्थालाई वडामा मात्र सिमित नगरी प्रसौनी गाउपालिका हुँदै जिल्ला र प्रदेशमै फैलाउदै जाने बताएका छन । हामिले कम ब्याजमा किसानका लागि योजना ल्याउने, रोजगारी सृजना गर्न युवा उधम योजना ल्याउने सोचमा रहेको अध्यक्ष गुप्ताले बताएका छन ।

आव ०७७/०७८ मा सन्स्थाले ६८ लाख ३४ हजार ३८८ आय गरि १ लाख ३ हजार ६२२ रुपैया मुनाफा गरेको गुप्ताले जानकारी गराएका छन ।

उक्त अवसरमा प्रसौनी गाउपालिकाका उपाध्यक्ष गिता साह,युवा नेता सौरब गुप्ता,परवानिपुर गाउपालिका वडा नम्बर १ का अध्यक्ष मिश्रिलाल महतो,समाजसेवी मदन बहादुर छेत्री,रामदर्शन साह,लोशपाका युवा नेताहरु रमेश सरार्फ,सन्तोश यादब,संस्थाका सचिव प्रमोद महतो,कोषाध्यक्ष उमेश कान्त शुक्ला लगायतकाको उपस्थिति रहेको थियो ।
लेखा सुपरिवेक्षण समितिका सम्योजक जफ्रे आलम अन्सारीले सन्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष बृजकिशोर ठाकुरले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर