कलैया ।वीरगञ्ज बाट १५ लाख भन्दा बढी रकम सहित हुण्डी कारोबार गरे तीन जना पक्राउ परेका छन् । प्रहरी ले वीरगञ्ज महानगरपालिका वडा नं.२५ सिर्सिया छोटी भन्सार अगाडिबाट भारतबाट आउँदै गरेका मोटरसाइकल मा सवार तीन जना लाई तीन वटा मोटरसाइकल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनु भयो ।

पक्राउ पर्ने मा भारतको पुर्वी चम्पारण थाना कंगेली-१ बसतपुर बस्ने वर्ष २५ का बिक्रम पटेल , मोतिहारी थाना पलनवा भेलाही बस्ने वर्ष २९ का मुकेश पटेल , पर्साको धोविनी गाउँपालिका वडा नं.३ हरिहरपुर बस्ने वर्ष २३ का बलिराम पटेल रहेका छन् ।

सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा छप्कैया-सिर्सिया नाका हुँदै हुण्डी कारोबार हुँदै गरेको सूचनाको आधारमा प्रहरी ले तीन जना सवार मोटरसाइकल मा चेक जाँच गर्दा हेल्मेटभित्र लुकाइछिपाई ल्याएको श्रोत नखुलेको नेपाली रुपैयाँ १५ लाख ५० हजार बरामद गरेको हो ।

फेला परेको उक्त रकम बरामद गरी मोटरसाइकल सहित तीन जना लाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर