इनरुवा । सुनसरीको कोशी गाउँपालिका–३ स्थित कोशी टप्पु वन्यजन्तु आरक्षणमा आज माकुना जङ्गली हात्ती मृत फेला परेको छ ।
हात्तीसार र अक्वा रिसोर्ट देखि ३०० सयमिटर उत्तर, बाधको पुर्वपट्टी जङ्गलमा हात्ती मृत भेटिएको कोशी टप्पु लर्नीङ ग्राउन्डका अध्यक्ष राजकुमार सिंहले बताए ।
ADVERTISEMENT
कोशीटप्पु वन्यजन्तु आरक्षको नजीकै रहेको गाउँघर र धान, उखु खेतमा बिजुलीको नाङ्गो तार जोडिएकोले करेन्ट लागेर मृत्यु भएको बताए । उनले हात्तीको अन्य कुनै भागमा चोटपटक नभएको जनाउँदै करेन्टकै कारण मरेको बताए ।
घटनास्थलमा आरक्षका वार्डेन अधिकृत अशोक कुमार रामले करेन्ट लागेर मृत्यु भएको बताए । हात्तीको पाेष्ट मार्टम गर्न स्वास्थ्यकर्मीको टाेली घटना स्थलमा पुगेको जानकारी दिए । मृत हात्तीलाई कानूनी प्रक्रिया पूरा गरेर मरेकै स्थानमा खाल्डो खनेर गाडिने वार्डेन रामले बताए ।
यसअघि माकुना हात्तीलाई सुस्तपार्न २ पटक डार्ट हानेका थिए । माकुना मृत्यु भएकोले संरक्षणकर्मीहरु दुखी भएको बताए । हालसम्म करेन्ट लागेर छ वटा हात्तीको मृत्यु भएको छ ।