कलैया । बारामा अवैध लागू औषध सहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्ने मा निजगढ नगरपालिका वडा नं. ७ माझिटोल बस्ने वर्ष २९ का लोक बहादुर राना , सोही ठाउँ बस्ने वर्ष ३१ को रवी तामाङ ,निजगढ नगरपालिका वडा नं. ६ बस्ने बर्ष ३४ को दिनेश थापा , सोही ठाउँ का बर्ष ४५ को मेघराज लिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र ले बताउनु भयो ।
निजगढ नगरपालिका वडा नं.७ माझिटोल बस्ने लोक बहादुर राना मगरले आफ्नो घरमा लागू औषध बिक्री बितरण गरी रहेको बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढ बाट खटिएको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा लुकाई छिपाई रहेको अवस्थामा अवैध लागू औषध बरामद भएको हो ।
प्रहरी ले खानतलासी गर्दा लागू औषध डाइजोपाम, नुर्फिन, फेनारागन २८/२८ पिस र लागू औषध खैरो हिरोइन पुरिया सहित ३ ग्राम ४० मिलिग्राम र पुरिया खोली तौल गर्दा १ ग्राम २० मिलिग्राम बरामद भएको प्रहरी नायब उपरीक्षक मिश्र ले बताउनु भयो । ऊनीहरु लाई पक्राउ गरि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बारा ले जनाएको छ ।