कलैया । नेपाल प्रहरिको स्थापना दिवसको अवसरमा बारामा समेत धुमधामका साथ ६६ औ प्रहरी दिवस मनाईएको छ । जिल्ला प्रहरी कार्यालय बाराको प्राङ्गणमा एक समारोहका बिच प्रहरी दिवस मनाइएको हो ।

नेपाल प्रहरिको स्थापना २०१२ आश्विन १२ मा भएको दिनको सम्झनामा प्रत्येक बर्स असोज मसान्तको अन्त्यमा प्रहरी दिवस मनाउदै आएपनी यो बर्ष सो दिनमा दशै परेकाले आजै सो कार्यक्रम नेपाल प्रहरिका बारा प्रवक्ता प्रहरि नायब उपरीक्षक गौतम मिश्रले बताएका छन ।

बारा प्रहरिको औपचारिक स्थापना २०२२ सालमा प्रहरी निरीक्षकको दरबन्दी बाट शुरु भएको २०४० मा आएर डिएसपी र २०४८ सालमा एसपी को दरबन्दी निकासा भैइ आएको बाराका एसपी दिपेन्द्र शाहिले बताए । हाल सम्म ४४ जना कार्यालय प्रमुखले जिम्मेवारी बहन गरेको बारा प्रहरीको ईतिहास सुखद भएको शाहिले बताएका छन ।

जिल्ला प्रहरी कार्यालय बाराको मातहतमा ५१ प्रहरी युनिट रहेको र सो मा ९६१ दरबन्दी रहेको शाहिले बताएका छन । जिल्लाको १२६३ बर्ग किमि छेत्रफल भएकोमा बारामा प्रती प्रहरी ८८५ जना जनसंख्यालाई सुरक्षा दिनुपर्ने बाध्यता भएपनी बारा को शान्ती सुरक्षा मा हामिले कुनै कमि हुन नदिएको बताएका छन । प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जिल्लामा अपराध,तस्करी तथा अन्य जघन्य अपराधीक घटना चुनौतीका रुपमा रहेकामा प्रहरी प्रशासनले त्यो बिषयमा घम्भिर रहेको बताए ।

प्रहरी,स्थानिय निकाय,राजनितिक दल,नागरिक समाज,पत्रकार लगायत सरोकारवाला सबैको समन्वय र सहकार्यले अपराध अनुसन्धान शान्ती सुरक्षा अमनचयन,अपराध नियन्त्रण तथा कानुनी राज्यको प्रत्याभूति गराउन सहयोग मिल्ने कटुवालले बताए ।

उक्त अवसर बाराको शान्ती सुरक्षा अपराध नियन्त्रण तथा अपराध अनुसन्धान सङ्ग सम्वन्धित गतिविधिमा पुर्याएको सहयोग सहकार्य समन्वय तथा अमुल्य योगदानको उच्च मुल्यांकन गरेको भन्दै बाराका सकृय सन्चारकर्मी बिश्वास एफएम का प्रबन्ध निर्देशक तथा हटलाईन रास्ट्रीय दैनिकका सम्पादक साजिर मन्सूरलाई बारा प्रहरीले कदर पत्र सहित सम्मानित गरेको छ । मन्सूर सङ्गै बाराका अन्य अधिकारकर्मी,सन्चारकर्मी तथा शहिद पुर्व प्रहरीका परिवारलाई समेत सम्मानित गरिएको बारा प्रहरी प्रवक्ता मिश्रले जनाएका छन ।

बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र साही को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, बिशिस्ट अतिथी ससस्त्र का एसपी रबिन राज कर्ण्जित,अनुसन्धानका एसपी रिबन गच्छदार,जिल्ला अदालत बाराका श्रेस्तेदार नवराज जोशी,पार्टी प्रतिनिधि,अधिकारकर्मी,सन्चारकर्मी,भुतपुर्व प्रहरी संगठनका पदाधिकारी सहित प्रहरिका सहिद परिवार सदस्यको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर