साजिर मन्सूर , कलैया । बारा सदरमुकाम कलैया बाट बारा जिल्ला भरी बजाज को आधिकारिक बिक्रेताको रुपमा सेवा दिदै आएको गुप्ता मोटर्सले अब महागढिमाई नगरपालिका वडा नम्बर १० गन्जभवानिपुर मा नया शाखा बिस्तार गरेको छ।

जिल्लाको पुर्वी छेत्र तथा चरवन्त को प्रवेश द्वार मानिने गन्जभवानिपुरमा शाखा खोल्न ग्राहक बर्गको निरन्तरको सल्लाह सुझाव तथा आग्रहलाई स्विकारेर शाखा बिस्तार गरिएको गुप्टा मोटर्स का सन्चालक तथा सफल युवा ब्यवसायी रितेश गुप्ताले बताएका छन । गुप्ताले नेपालिहरुको महान पर्व बिजया दशमी दिवावली तथा छठ पर्वको सुभ अवसरमा सुभकामना सहित ग्राहकको सहजताका लागि आज देखि शो रुम सन्चालन मा ल्याएको बताएका छन ।

जिल्लाको उत्तर पुर्व र दक्षिण पुर्वी को अधिकान्स पालिका तथा गाउका बजाज मोटरसाइकलका पारखिहरुको सहजता समयको बचत र सुलभ सेवा दिन आफुले शो रुम सन्चालनमा ल्याएको बताएका छन । दशैको अवसरमा बजाजको ३ डोज ओफरलाई गाउँ गाउँ र पालिका पालिका सम्म पुर्याउन आफुहरु लागेको बताएका गुप्ताले ग्राहक लाई बजाज मोटरसाइकलको बढ्दो प्रयोग र बजाज सङ्गको सामिप्यता लाई कायम राख्न ग्राहक मैत्री अफर ल्याउने बताएका छन ।

शो रुमको उदघाटन धार्मिक परम्परा अनुसार बिधिवत पुजापाठ गरेर गरिएको गुप्ता मोटर्सका सह सन्चालक रजत गुप्ताले बताए ।

उदघाटन कार्यक्रममा प्रदेश सान्सद द्वय शारदा सन्कर साह र पारस साह, महागढिमाई नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादब,उधोग बाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साह,उधोग बाणिज्य संघ गन्जभवानिपुर शाखाका अध्यक्ष रुस्तम अन्सारी,कलैया उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष जट्टाशन्कर सहनी,बजाज कम्पनिका छेतृय कार्यकारी अधिकृत सुधिर पाण्डे , राजु कुश्वाहा,दुर्गा मैनाली,यातायात कार्यालय बिरगंजका दर्ता अधिकृत अशोक गुप्ता,महागढिमाई नगरपालिका वडा नम्बर १० का अध्यक्ष चन्दन साह लगायत त्यस भेगका अन्य समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर