साजिर मन्सूर
कलैया,असोज २८

नेपाल सरकारको नव नियुक्त बन तथा बाताबरण मन्त्री रामसहाय यादबले आउने सन्ततिका लागि भएपनी बाटोमा बन कार्यक्रम लिएर आउने बताउदै देशको हरेक नगरका बाटोको दुबै तिर बृछारोपण गरेर बाटोमै बन बनाउने र ती वनको संरक्षणको जिम्मेवारी संबंधित गाउँ नगरका जनतालाई दिने बताएका छन । हरियो बन नेपालको धन भनेर पढिने र सुनिने गरेको कुरो अब ईतिहास बनेको बताउदै बन मन्त्री यादबले अहिलेको पिढिले हाम्रो बन राम्रो बन भन्ने नारा सहित आ आफ्नो गाउँ नगरको सडकमा बन निर्माण गर्नुपर्ने बताएका छन । बन मन्त्री यादबले आउने सन्ततिलाई स्वच्छ एवम स्वस्थ हावापानी र बाताबरण दिने हो भने सबैले ईमान्दार भएर बन जङ्गलको संरक्षण गर्नुपर्ने बताएका छन । हामिले नबिनतम युगका लागि बन र बन्यजन्तुको संरक्षण गर्नुपर्ने बताएका छन । आजको समयमा दुषित हावाका कारण विभिन्न प्रकारका खतरनाक रोग लागिरहेको प्रती समेत सचेत हुन सारा नागरिकलाई अपिल गरेका छन सारा नागरिक मिलेर मात्र सुनौलो र स्वच्छ स्वस्थ समाज निर्माण गर्न सकिने यादबले बताएका छन ।
देशमा ब्यवस्थित एवम बैज्ञानिक बन नीति कार्यान्वयनमा आफुले जोड दिने बताएका छन । मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै गृह जिल्ला बारा आईपुगेका मन्त्री यादबले हाल विश्व नै जलबायु परिवर्तन का कारण अनेकन समस्या झेलिरहेको बताउदै सारा सन्सारले एक भएर यो समस्या सङ्ग जुध्नुपर्ने बताएका छन । आउने समयमा बढ्दो अब्यवस्थित शहरीकरण तथा उधोग कलकारखानाको कारण सन्सार नै कोरोना महामारीले निम्त्याएको समस्या जस्तै समस्या बाट गुज्रिन बाध्य हुने बताएका छन । अहिले पनि नेपालमा हजारौ लाखौ क्यु फिट काठ माटो र धमिराले खाईरहेको तर एन कानुनका अभावमा त्यसलाई बिक्रि गर्न नसक्नु दुखद रहेको मन्त्री यादबले बताए। मन्त्री यादबले आफुलाई बन माफिया एवम केही भ्रष्ट बन अधिकारी/कर्मचारीको बारेमा समेत जनता बाट धेरै गुनासो आएकाले तिनिहरुलाई सरकारले कडा कार्वाही गर्ने बताए ।
सदरमुकाम कलैया भवानिपुरमा रहेको ओम शान्ती भवनमा आयोजित स्वागत एवम सम्मान कार्यक्रममा बन मन्त्री यादबले सबैमा बिजया दशमिको सुभकामना दिदै यस्तो बताएका छन । उक्त अवसरमा प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादब,प्रदेश सान्सद पारस साह,सम्बिधान सभा सदस्य प्रमोद गुप्ता,नेता रामकिशोर यादब,समाजसेवी जङ्गबहादुर यादब,देबेन्द्र गिरि,भरत अग्रवाल,नवीन अधिकारी,युवा नेता मनिश यादब,ॐ शान्ती कलैयाकी सन्चालिका मिना दिदि लगायतकाको सहभागिता रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर