कलैया ।बारा मा शिक्षक अभाव का कारण पठनपाठन ठप्प भएको छ ।जिल्ला को पचरौता नगरपालिका वडा न.१ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पिपरपातिमा बिगत लामो समय देखि शिक्षक अभावका कारण पठनपाठन अवरुद्ध हुँदा विद्यार्थीहरु आन्दोलित भएका छन् । 

पठनपाठन ठप्प भएपछी आक्रोशित बिद्यार्थीहरु ले शिक्षकहरुलाई विद्यालयमा नै थुनेका थिए । बिद्यार्थीहरु ले बिधालय तोडफोड गर्नुका साथै नगरपालिका को कार्यालय समेत घेराउ गरेका छन् ।

यता नगरपालिकाका को शिक्षा शाखाले बिधालयमा समेत राजनिती गर्न खोजिएको भन्दै आपती जनाउदै बिद्यार्थीलाई राजनितीक दाउपेचमा समेट्न नहुने बताएको छ । शाखाले हामिले नगरको शैक्षिक स्तरोन्नति का लागि कुनै कसर बाकी नराख्ने बताएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर