नूर आलम बादशाह,
कार्तिक ११ गते, सिम्रौनगढ़

आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ मा महान पर्व छठ ब्रतालुहरुलाई साड़ी, दौरा र सुपली बितरण गरिएको छ । आर्थिक अवस्था कमजोर भएका छठ ब्रतालुहरुलाई सहयोग स्वरुप आफ्नो निजी लगानीमा उक्त समाग्रीहरु बितरण गरिएको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ चिउटाहा निवासी नेपाली कांग्रेसका वडा अध्यक्ष प्रत्यासी कन्हाई साहले जानकारी दिनु भयो। उहाँले वडा नम्बर १ का टोल जमुनिया, बोहा र चिउटाहाका १५० जना ब्रतालुहरुलाई छठ समाग्रीहरु बितरण गरिएको जनाएका छन ।
साहले आउने विभिन्न पर्वहरू संगै अन्य बेलामा पनि आफ्नो वडाका जनताको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन । छठ सामग्री बितरण कार्यक्रममा स्थानीय वडाबासिको सहभागिता रहेको थियो।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर