कलैया । धनुषा को देवपुरा रुपैठामा निषेधज्ञा जारी गरिएको छ । जनकपुरधाम उपमहानगरमा पर्ने देवपुरा रुपैठामा सम्प्रदायिक सद्भाव खल्बलिने गतिविधि बढेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार निषेधाज्ञा जारी गरेको छ । छठ पर्वकै दिनदेखि देवपुरा रुपैठामा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेको छ । शनिबार दिउँसो २ बजे देखि लगाइएको निषेधाज्ञा आइतबार राति १० बजेसम्म लागू रहने प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताउनु भयो । निषेधाज्ञा उल्लंघन गर्ने जोकोहीलाई प्रहरीले काबाही गर्ने चेतावनी दिइएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर