कलैया । राष्ट्रिय सभाको चुनाव आउँदो माघ १२ गते हुने भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो माघ १२ गतेको लागि चुनावको मिति तोकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले बताउनु भयो । आउँदाे फागुन २० गतेदेखि राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदैछ ।
रिक्त हुने २० मध्ये १९ पदका लागि चुनाव गर्ने मिति तोकिएको हो । एक जना भने राष्ट्रपतिबाट मनोनित हुने छन् । राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आउँदाे फागुन २० गते सकिँदैछ ।