कलैया । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताउनुभएको छ ।
महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश २ को ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताउनुभएको हो ।जनकपुरधाम, मटिहानीलगायत क्षेत्र धार्मिक महत्त्व रहेको र यस क्षेत्रमै महिला हिंसा हुनु दुखद् रहेको राष्ट्रपति भण्डारीले बताउनु भयो ।
प्रदेश २ को नदी कटान र डुबान नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिइन् ।