कलैया । सर्लाहीमा सवारीदुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका – ७ बस्ने २५ वर्षीय देब मोक्तान र २३ वर्षीय मिलन ब्लोन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी माधव प्रसाद बुढाथोकीले बताउनु भयो ।

बागमती नगरपालिका वडा नं. १० केराबारी स्थित कर्मैयाबाट बरहथवातर्फ जाँदै गरेको बिआर ०५ पिए ७१९९ नम्बरको टाटासुमो बिपरित दिसाबाट आउँदै गरेको ज १२ प ९९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको हो

उक्त सवारीदुर्घटनामा परि मोटरसाइकलमा सवार घाइते भएका मोक्तानको नमुना अस्पताल हरिवनमा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यस्तै ब्लोनको दुबै हातखुट्टामा चोट लागि गम्भिर रहेकोमा गण्डक हेल्थ केयरमा उपचार को लागी पुग्दा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता बुढाथोकीले बताउनु भयो । टाटासुमो र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी ले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर