कलैया ।प्रदेश २ प्रदेशसभाको आठौं अधिवेशन आगामी मंसिर २९ गते बस्ने भएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेशसभाका सचिव रञ्जित यादवले मंसिर २९ गते बिहान ११ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको बताउनु भयो ।
आठौं अधिवेशनमा प्रदेशको नाम र राजधानी तय गर्ने सरकारको तयारी रहेको बताइएको छ । यसअघि प्रदेशसभाको सातौं अधिवेशनमा तीनवटा बैठक मात्र बसेको थियो ।







