
कलैया । बारा को बारागढी गाउँपालिकाले ले सामाजिक सुरक्षा भत्ता घरमा नै वितरण गरेको छ ।
बैंकमा पुगेर रकम झिक्न अतिअशक्त, ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता, अस्वस्थ भएकालाई असहज भएपछि बैंकका कर्मचारीलाई बोलाएर घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका मा रहेका वृद्धवृद्धा तथा एकल महिलालाई बैंकमा गएर वृद्ध तथा एकल महिला भत्ता लिन गाह्रो भएको भन्ने खबर आएपछि आफूहरुले सो कदम चालेको प्रमुख प्रशासकीय अधिकृत अमोद चाैधरीले बताउनु भयो । साथै उनले भने, ‘सम्बन्धित व्यक्तिको हातमा रकम परे सदुपयोग पनि हुने, सुरक्षित पनि हुने र वृद्धवृद्धालाई दुःख पनि नहुने भएकाले हामीले घरमै पुगेर रकम दिन थालेका छौँ ‘ ।
उक्ति अभियान मा प्रमुख प्रशासकीय अधिकृत चाैधरी सहित हिमालयन बैंक लिमिटेड खाेपवाका शाखा प्रबन्धक अनिल श्रीवास्तव, एम आई एस अपरेटर श्रीनिवास चाैधरी, बैंक का कर्मचारी निकिन गुप्ता, सम्बन्धित वडाका वडा सचिव, वडा सदस्य धर्मेन्द्र चाैधरी लगायतको उपस्थिति रहेको थियो ।