कलैया । बाराको पचरौता नगरपालिका को एक महिला कर्मचारी माथि बलात्कारको प्रयास भएको खबर बाहिरिएको छ ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएकै दिन पचरौता नगरपालिका का कार्यालय सहयोगी ३२ वर्षीय संजय पासवानले सोही कार्यालय का महिला कर्मचारी लाई बलात्कार प्रयास गरेका हुन् । त्यी महिला कर्मचारी नगरपालिका को नजिक कोठा लिएर बस्दै आएकी थिइन । पासवान विरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडितले किटानी जाहेरी दिएकी छन् । 

यता जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाही ले घटनाको अनुसन्धान भैरहेको र दोषी लाई कानुनी दायरामा ल्याउने बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर