कलैया । निर्वाचन आयोगले मङ्सिर १७ गतेदेखि आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरे पछी बारा जिल्ला मा भोलि देखि आफ्नो स्थानीय तह मा गएर मतदाता नामावली दर्ता गराउन जिल्ला निर्वाचन कार्यालय बाराले आग्रह गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र बारा मा रहका सम्बन्धित इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको जिल्ला निर्वाचन कार्यालय बारा का प्रमुख सरोज कुमार चौधरीले बताउनुभयो ।
जिल्ला मा रहेको १६ स्थानीय तह मध्ये निजगढ नगरपालिका , सिम्रौनगढ नगरपालिका , पचरौता नगरपालिका , महागढीमाई नगरपालिका , करैयामाई गाउँपालिका , देवताल गाउँपालिकामा मङ्सिर १७ गते देखि पुष २ गतेसम्म सम्बन्धीत स्थानीय तहको कार्यालयमै मतदाता नामावली दर्ता गरिने निर्वाचन कार्यालय का प्रमुख चौधरीले बताउनु भयो । त्यस्तै प्रसौनी गाउँपालिका , सुवर्ण गाउँपालिका , परवानिपुर गाउँपालिका , फेटा गाउँपालिका , बारागढी गाउँपालिका , विश्रामपुर गाउँपालिका मा पुष ४ गते देखि १८ गते सम्म सम्बन्धीत स्थानीय तहको कार्यालयमै मतदाता नामावली दर्ता गरिने छ ।
जितपुरसिमरा उपमहानगरपालिका र कोल्हवी नगरपालिका मा सम्बन्धित ईलाका प्रशासन कार्यालय मा दर्ता गरिने छ । कलैया उपमहानगरपालिका मा भने जिल्ला निर्वाचन कार्यालय मा नै गएर मतदाता नामावली दर्ता गर्नु पर्ने छ ।
मतदाता नामावली दर्ता गराउनका लागि नेपाली नागरिकताको सक्कल प्रमाण पत्र अनिवार्य ल्याउनुपर्नेछ । यस्तै नागरिकतामा उल्लेखित ठेगानाभन्दा अन्यत्र ठेगानामा दर्ता गराउँदा नेपाली नागरिकताको सक्कल प्रमाण पत्र र बसाईसराईको सक्कल प्रमाण पत्र ल्याउनुपर्नेछ ।