कलैया । लागु औषध खैरो हिरोइन सहित पर्सा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मनवा राजु डिजल ग्यारेजबाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

मोटरसाईकलको टंकीभित्र लुकाइछिपाई लागु औषध खैरो हिरोइन ओसार पसार कार्य गरिरहेको भन्ने प्राप्त सूचनाको आधारमा उक्त ग्यारेजमा मर्मत गर्न लागेका ना.५६ प ५४१७ नम्बरको सेतो NS पल्सर मोटरसाईकलको टंकीलाई जाँच गर्दा टंकीभित्र कालो प्लाष्टिकले बेरिएको सात प्याकेटमा लागु औषध खैरो हिरोइन प्लाष्टिक सहित ३.५ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनु भयो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वा बस्ने रामबाबु ठाकुर र वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली बस्ने सहजाद मन्सुरी रहेका छन् ।
घट्नाको प्रारम्भिक अनुसन्धानबाट खुल्न आए पछी मन्सुरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो । ऊनीहरु दुबै जना लाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर