कलैया । ११ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती पर्सा प्रहरीले नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय सेढवाबाट प्रहरी निरीक्षक राजाबाबु यादवको नेतृत्वमा खटिएको टोलीले पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ३ स्थित खेतमा लगाइएको गाँजा खेती नष्ट गरेको हो । ग्रामिण क्षेत्रमा गाँजा खेती पुनः फस्टाउँदै गएको र अवैध रुपमा गााजा खेती गरीरहेको सुराकीको आधारमा प्रहरी उक्त ठाउँमा पुगेको हो ।

गाँजा खेतीमा संलग्न व्यक्तिको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर