
आश्मा प्रविण ,कलैया । साना किसान कृषि सहकारी संस्था लिमिटेड कलैया १८ मोतिसरको दोश्रो साधारणसभा सम्पन्न भएको छ ।
श्री नेरा माबी मोतिसरको प्राङ्गणमा मर्यादित ब्यवसाय र प्रबिधिको लागि सहकारी भन्ने नारा सहित कार्यक्रम सम्पन्न गरिएको हो । संस्थाको कार्यछेत्र कलैया वडा नम्बर १८ र २३ रहेको र संस्थामा हाल ४९० जना सदस्य रहेको संस्थाका प्रबन्धक प्रमानन्द प्रसाद चौरसियाले बताएका छन ।
ग्रामीण गरिबी न्यूनीकरण गर्ने उदेश्यले २०७६ सालदेखी सन्चालनमा आएको चौरसियाले जनाए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कलैया उपमहानगरपालिका का प्रमुख राजेश राय यादबले संस्थाको भवन निर्माणका लागि गत बर्ष घोषणा गरेको १५ लाख र यो बर्ष ३ लाख गरि १८ लाख कलैया उपमहानगरपालिका बाट दिने घोषणा गरेका छन । आजको समयमा सहकारीको माग बृहत र व्यापक रुपमा बढ्दै गएको बताउदै नगरमा रहेको सहकारीहरुलाई आवस्यक खालका कार्यक्रम छुट्याउने बताएका छन ।
संस्था लिमिटेडको अध्यक्ष बदन देबि कुर्मिको अध्यक्षता एवम कलैया उपमहानगरपालिकाको प्रमुख राजेश राय यादबको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिस्ट अतिथि वडा नम्बर १८ का वडा अध्यक्ष अमिका प्रसाद यादब,२१ का अध्यक्ष पुनदेव रौनियार,कार्यपालिका सदस्य राजकुमार साह,एमाले नेता राजमहमद राय,समाजसेवी नाजिर अन्सारी,काङ्ग्रेस युवा नेता हरि यादब,संस्थाको उपाध्यक्ष बबिता देबि, सदस्यहरु अर्चना देबि,सीता देबि चौरसिया,बिन्दा देबि,लाल्मुनी देबि,शारदा देबि,सहित त्यस भेगका समाजिक अगुवा तथा समाजसेवी र सहकारीकर्मिहरुको सहभागिता रहेको थियो ।
संस्थाको उपाध्यक्ष बबिता देबि ले स्वागत गरेको कार्यक्रमको सन्चालन अनिल गौरबले गरेका थिए ।