साजिर मन्सूर
कलैया,पौष २४ नेशनल प्याब्सन बारा जिल्ला कार्य समितिको बैठक कलैयामा बसि अधिवेशनको मिति सार्वजनिक गरेको अध्यक्ष प्रभुलाल कुश्वाहाले जनाएका छन । कुश्वाहाले ७ औ जिल्ला अधिवेशन मिति २०७९/माघ/१९ र २०गते कलैया स्थित बाल एकता बोर्डिङ स्कूल को होस्टेलमा गर्ने जनाएका छन । बरिस्ठ उपाध्यक्ष सुमोध सरार्फले अधिवेशनमा सहभागी हुन प्रत्येक सदस्य बिधालयलाई सदस्यता नवीकरण गर्न माघ ८ गते सम्मको लागि समय दिइएको बताएका छन । सरार्फले प्रत्येक पालिकामा नवीकरण गराउन सकिने ब्यवस्था मिलाईएको बताएका छन । सरार्फले निम्नानुसारका पालिकामा तपसिल बमोजिमका एन प्याबसनका ब्यक्ति सङ्ग सदस्यता नवीकरण गराउन सक्ने बताएका छन ।
१:- सरोज कार्की ( जितपुर सिमरा उ म न पालिका)
२:- जितेन्द्र प्र यादव (परवानीपुर गाउपालिका)
३:- रामबिनेश बैठा (प्रसौनी गाउपालिका)
४:- बिनोद मणी महतो (कलैया उमनपा)
५:- विनय साह कानु (फेंटा गाउपालिका)
६:-संन्तोष साह (बिश्रामपुर गाउपालिका)
७:-सिकेन्द्र प्र कुशवाहा (सुवर्ण गाउपालिका)
८:- रामचन्द्र सहनी (देवताल गाउपालिका)
९:- संतोष जयसवाल (माहा गढीमाई नगरपालिका)
१०:- रामनरेश जयसवार (आदर्श कोतवाल गाउपालिका)
11:- कमलेश कुशवाहा (सिम्रोनगढ नगरपालिका)
१३:-श्यामसुन्दर पंडित (पचरौता नगरपालिका)
१४:- बिजय प्र चौधरी (बारागढी गाउपालिका)
१५:-रबिन्द्र प्र साह (करैयामाई गाउपालिका)
१६:-बिरेन्द्र चौधरी (कोल्हवी नगरपालिका)
यता अधिवेशनबाट सर्व सम्मत अध्यक्ष बनाउन पनि छलफल थालिएको छ। बर्तमान अध्यक्ष कुश्वाहाले सर्वसम्मत आफुलाई सहमतीबाट अध्यक्ष नबनाईए आफू चुनावमा सहभागी नहुने बताएका छन । तर बरिस्ठ उपाध्यक्ष सरार्फलाई अब नेतृत्व दिनुपर्ने कुरा पनि उठिरहेको श्रोतले जनाएको छ।
ताजा समाचार
© 2024, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702