कलैया । वीरगंज महानगरले हिजो मात्र विद्यालय बन्द नगर्नु भनी दिएको आदेश आज उल्ट्याएको छ ।

आज एक सूचना जारी गर्दै अर्को सूचना नआउन्जेल विद्यालयमा १२ वर्ष उमेर समूहका विद्यार्थीको भौतिक पठनपाठन नगर्न निर्देशन जारी गरेको छ । साथै माघ ७ सम्ममा विद्यालय तहका परीक्षाहरू सक्न पनि निर्देशन दिएको छ ।

वीरगंज महानगरपालिका का शैक्षिक प्रशासन महाशाखा का प्रमुख अरविन्द लाल कर्ण द्वारा हस्ताक्षर गरिएको सूचनामा सम्पुर्ण सामुदायिक तथा निजि बिधालय माघ ७ गते पछी भौतिक उपस्थिति मा बिधालय संचालन नगर्न भनिएको छ ।

यसैबिच वीरगंजस्थित देशकै पूरानो त्रिजुद्ध माविका २ जना शिक्षकमा कोरोना पोजिटिभ देखिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर