कलैया । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बारामा सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ।

कोभिङ १९ पुनः तिव्र रुपमा फैलिरहेको र बारा जिल्लामा समेत उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्ला कोभिड १९ व्यवस्थापन समिति डिसिसिएमसी आज बसेको बैठक ले सो निर्णय गरेको हो ।

बैठक पश्चात् प्रमुख जिल्ला अधिकारी द्वारा जारी आदेशमा सार्वजनिक स्थलमा सबै प्रकारका राजनैतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक , सामाजिक एवम् सभा , सेमिनार भेला गोष्ठी आदी नगर्न भनिएको छ । त्यस्तै सार्वजनिक स्थानहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला , भेला तथा महोत्सव लगायतका कुनै पनि कार्यक्रम आयोजना नगर्न प्रमुख जिल्ला अधिकारी ले आदेश जारी गरेका छन् ।

सार्वजनिक स्थानहरुमा कार्यालय , होटेल , रेष्टुरेन्ट , सिनेमा हल , रङ्गशाला , हवाइ यात्रा पार्क जस्ता ठाउँमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्ध खोप लगाएको कार्ड ( मोबाइलमा फोटो भए पनि हुने ) साथमा राख्ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था यही मिति २०७८ माघ ७ गते देखि अनिवार्य लागु गर्ने प्रमुख जिल्ला अधिकारीले आदेश जारी गरेका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर