
साजिर मन्सूर,कलैया । सुवर्ण गाउपालिकाको हरेक दिदिबहिनीको राम्रो स्वास्थ्यका लागि आफु रहेको गाउपालिका अध्यक्ष महेन्द्र प्रसाद यादबले बताएका छन । गाउपालिकाको वडा नम्बर २ मा कवही गोठ बर्थिङ्ग सेन्टरको उदघाटन कार्यक्रममा सम्बोधन गर्दै गाउपालिका अध्यक्ष यादबले यस्तो बताएका छन ।
अध्यक्ष यादबले सुबिधा सम्पन्न बर्थिङ्ग सेन्टरको अभावमा यहाका आम दिदिबहिनी तथा आमाहरु विभिन्न खालका स्वास्थ्य समस्या सङ्ग लड्न नसकी ज्यान गुमाएको पिडादायक दृश्य आफुले देखेकाले त्यसका लागि आफुले जनतालाई भने अनुसार गाउपालिका स्तरको बजेटबाट बर्थिङ्ग सेन्टर बनाएको बताए । सन्तान पाउन कवहि बाट कलैया,बिरगंज,हेटौंडा,नारायणघाट,काठमाडौ त्यस्तै भारतको मोतिहारी,छौडादानो लगायतका शहरमा खर्चिलो स्वास्थ्य सेवा लिन बाध्य सुवर्णका जनताका लागि सुविधाजनक बर्थिङ्ग सेन्टर बनाउदा आफू भित्रैबाट खुशी महसुस गरिरहेको बताए ।
अध्यक्ष यादबले गाउपालिकामा जनताको काम सहज र छिटो होस भनेर गाउपालिका भवन निर्माण,सुत्केरी महिलाहरुको सहजताका लागि बर्थिङ्ग सेन्टर निर्माण, सुवर्ण बासिका लागि ब्यवस्थित बजारका लागी सेड निर्माण कार्य,सबै वडामा सहज सेवा प्रवाहका लागि ८ मध्ये ७ वटा वडामा नया वडा कार्यालय भवन निर्माण,बिवाह मण्डप भवन निर्माण ,सदरमुकाम सङ्ग गाउपालिका लाई जोड्ने बाटो बनाउन लगायतका महत्वपुर्ण कार्य गरेको समेत थपेका छन ।
उनले आफुले बोल्ने भन्दा बढि काम गर्नुपर्ने र जनताको चाहनालाई प्राथमिकता दिनुपर्ने बिचारलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको बताएका छन । यादबले गाउपालिकाका सबै जनप्रतिनिधि जनता रास्ट्रसेवक कर्मचारीको सहयोग र साथले सुवर्ण गाउपालिकालाई नमुना बनाउन लागिपरेको बताएका छन ।
सोही अवसरमा गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत नवीन कुमार श्रीवास्तबले बर्थिङ्ग सेन्टरबाट अल्ट्रासाउन्ड र रक्त जाँच निशुल्क गरिने बताएका छन । सोही कार्यक्रममा सुविधाजनक किसिमले हरेक प्रकारको महिला सम्बन्धि रोगको चेकजाँच गर्न प्रत्येक महिनाको १ गते तराईकै प्रख्यात बरिस्ठ स्त्रीरोग विशेषज्ञ लक्ष्मी थापाले सम्बोधन गर्दै आफु आउने समेत बताएकि छन । थापाले महिला दिदिबहिनीहरुको विभिन्न खालका समस्या देखेर आफू चिन्तित भएकोले आफै सुवर्ण मा आउने र सेवा दिने बताएकी छन ।
प्रदेश सान्सद बच्चा यादवको प्रमुख आतिथ्यमा भएको उदघाटन कार्यक्रममा जसपा बाराका सचिव धर्मबिर यादब,वडा अध्यक्ष रन्जित यादब,सुवर्ण गाउपालिका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र प्रसाद साह,कवही गोठ स्वास्थ चौकी प्रमुख बिल्टु प्रसाद यादब लगायत स्थानिय नेता कार्यकर्ता,कवही बासी तथा विभिन्न शाखाका प्रमुख र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।